Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: April 21, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं- शुक्रबार सुनको मूल्य बढेको छ। बिहीबार तोलामा पाँचसय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला चारसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार दुईसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ६ सय ५० रूपैयाँ कायम छ।

चाँदीको मूल्य भने शुक्रबार स्थिर छ। बिहीबार प्रततोला एक हजार चारसय ४५ रूपैयाँ तोकिएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया