Pura Samachar

नेपालले ओमानलाई जितकाेलागि ३११ रनको लक्ष्य

प्रकाशित: April 21, 2023
पूरा समाचार

नेपालले ओमानलाई जितकाेलागि ३११ रनको लक्ष्य

काठमाण्डौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

किर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रनको कुल योगफल खडा गरेको हो ।

खराब शुरुवात पाएको नेपालको इनिङ्गलाई युवा कुशल मल्लले किर्तिमानी शतक बनाउँदै बचाएका थिए । मल्लले ५९ बलमा शतक प्रहार गर्दै नेपालको तर्फबाट सबैभन्दा कम बलमा शतक बनाउने किर्तिमान स्थापित गरे । उनी ४१औं ओभरमा ६४ बल खेलेर ९ चौका र १० छक्काको मद्दतमा १०८ रन बनाउँदै आउट भएका थिए ।

यसबाहेक सोमपाल कामीले पनि नेपालको इनिङ्गलाई थप सम्हाल्दै ४८ बलमा नटआउट ६३ रनको महत्वपूर्ण अर्धशतकिय पारीको योगदान दिए । यो सोमपालको दोस्रो एकदिवसीय अर्धशतक हो ।

नेपालका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल दुबैले आजको खेलमा खाता खोल्न सकेनन् । करण केसीले १५ बलमा नटआउट २० ,भिम सार्कीले ३३, आरिफ शेखले २९ र कप्तान रोहित पौडेलले २९ रन जाडे ।

ओमानका लागि बलिङ्गमा आयान खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद, फयाज बट्, अकिब इल्यास र जतिन्दर सिंहले समान एक एक विकेट लिए ।

दुबै टोलि प्रतियोगितामा लगातार दोस्रो जितको खोजिमा हुनेछन् । नेपालले पहिलो खेलमा मलेसियालाइृ हराएको थियो भने ओमानले कतारलाई पराजित गरेको थियो ।

प्रतिक्रिया