Pura Samachar

एसीसी प्रिमियर कपमा आज दुई खेल हुदैछ

प्रकाशित: April 22, 2023
पूरा समाचार

एसीसी प्रिमियर कपमा आज  दुई खेल हुदैछ

काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा आज शनिबार दुई खेल हुदैछ ।

मुलपानी मैदान र टियु मैदानमा समान १/१ खेल आयोजना हुदैछ ।

मुलपानी मैदानमा हुने खेलमा समूह ‘बी’ का बहराईन र कुवेतबीच खेल हुदैछ ।

दुवै टोली प्रतियोगितामा दोस्रो खेल खेलिरहेका छन् । दोस्रो खेलमा अपराजित यात्रा कायमको लक्ष्य लिएको बहराइनले पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको थियो ।

कुवेत दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेत युएईसँग १ सय ४३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह ‘ए’ का कतार र साउदी अरेवियाबीच खेल हुदैछ ।

प्रतियोगिताको दोस्रो खेल खेल्न लागेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

कतार पहिलो खेलमा ओमानसँग ४० रनले तथा साउदी मलेसियासँग ८ विकेटले पराजित भएका थिए ।

दुवै खेल बिहान नौ बजे सुरु हुनेछ । फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १/१ खेल हुनेछ ।

वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ”बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।

फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया