Pura Samachar

साबिक विजेता मछिन्द्र क्लबकाे फ्रेन्ड्स क्लबविरुद्ध २-१ को रोमाञ्चक जित

प्रकाशित: April 22, 2023
पूरा समाचार

साबिक विजेता मछिन्द्र क्लबकाे फ्रेन्ड्स क्लबविरुद्ध २-१ को रोमाञ्चक जित

काठमाडौं । साबिक विजेता मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ।

यससँगै मछिन्द्रले ११ खेलमा ४ जित, ४ बराबरी र ३ हारको नतिजासहित १६ अंक जोडेको छ। पराजय ब्यहोरेको फ्रेन्ड्सको समान खेलबाट ३ जित, २ बराबरी र ६ हारको नतिजासहित ११ अंक छ।

च्यासल मैदानमा ११ औं चरण अन्तर्गत शनिबार सम्पन्न खेलमा मछिन्द्रलाई जित दिलाउन चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले समान एक गोल गरे। फ्रेन्ड्सका लागि रफिक अमिनुले १ गाेल फर्काए।

खेलको ४५औं मिनेटमा चेन्चो ग्याल्सेनले मछिन्द्रलाई अग्रता दिलाएका थिए । चेन्चोले निसेन सुब्बाको पासलाई सदुपयोग गरे। लिगमा चेन्चोको यो पहिलो गोल हो।

६३औं मिनेटमा देवेन्द्रले टोलीको अग्रता दोब्बर बनाए । देवेन्द्रले चेन्चोको प्रहारमा फेन्ड्सका खेलाडीलाई लाग्दै आएको रिबाउन्ड बललाई पोस्टको दिशा दिएका थिए।

७६औं मिनेटमा अमिनुले गोल गर्दै फेन्ड्सलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न नसक्दा मछिन्द्रले २-१ को जित निकाल्यो। अमिनुले कुशल फुयालको प्रहार पोलमा लागेर फर्किदा पाएको अवसरलाई गोलमा परिणत गरेका हुन्।

प्रतिक्रिया