Pura Samachar

मनाङको लगातार चौंथो हार

प्रकाशित: April 22, 2023
पूरा समाचार

मनाङको  लगातार चौंथो हार

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले हार व्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मनाङलाई एफसी खुमलटारले २-१ गोल अन्तरले हराएको हो ।

खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे ।

मनाङका कोफी टिमोथी कुडोले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलमा कोफी टिमोथी कुडो पेनाल्टीमा चुक्दा मनाङले हार व्यहोर्नु परेको हो ।

खेलको १३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । उनले एकल प्रयासमा मनाङका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे ।

खेलको ५३ औं मिनेटमा मनाङका कोफी टिमोथी कुडोले पेनाल्टीमा गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

खुमलटारका विशाल बस्नेतले पेनाल्टी बक्सभित्र सुमित श्रेष्ठलाई फउल गर्दै लडाएपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो ।

तर, खेलको ६१ औं मिनेटमा मनाङका कोफी पेनाल्टीमा गोल गर्न चुके । उनले बाहिर प्रहार गरे ।

खुमलटारका अविशेक वर्माले रन्दिप पौडेललाई पेनाल्टी बक्सभित्र फउल गर्दै लडाएपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसपछि खेलको इन्जुरी समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २-१ को जित दिलाए ।

त्यसबाहेक दुबै टोलीले गोलको थुप्रै अवसर गुमाएका थिए ।

खेलको ३६ औं मिनेटमा मनाङका कोफीले प्रहार गरेको बल बाहिरिएको थियो ।

खेलको इन्जुरी समयमा खुमलटारका मेसुकेले गोलको अवसर गुमाए । मनाङका एक डिफेन्डरलाई बिट गरेपनि गोलकिपरसँगको वान भर्सेस वानको अवस्थामा बाहिर प्रहार गरे ।

खेलको ६० औं मिनेटमा मनाङका कोफीको प्रहार खुमलटारका गोलकिपर राजकुमार लिम्बुले बचाएका थिए बक्सभित्र फउल गर्दै लडाएपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको ६६ औं मिनेटमा खुमलटारका श्यामु मुर्मुले सिक्स यार्ड बक्स भित्रबाट बाहिर प्रहार गरे ।

खुमलटारको यो चौंथो जित हो । खुमलटारले ११ खेलमा १३ अंक जोडेको छ ।

मनाङको यो लगातार चौंथो हार हो । मनाङले ११ खेलमा १५ अंक जोडेको छ ।

प्रतिक्रिया