Pura Samachar

नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा प्रवेश

प्रकाशित: April 22, 2023
पूरा समाचार

नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासमा आयोजित विशेष कार्यक्रमबाट उनी एमाले प्रवेश गरेका हुन्।

कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई पार्टी प्रवेश गराए ।

उनले गत चैत २५ गतेमात्रै समाजवादी पार्टी परित्यागको घोषणा गरेका थिए।

उनी एकीकृत समाजवादीमा तेस्रो वरियताका नेता थिए।

प्रतिक्रिया