
स्पेनिस लालिगामा रियाल मड्रिडले सहज जित निकालेको छ ।
सान्टियागो बर्नेबाउमा आईतबार बिहान भएको खेलमा रियाल मड्रिडले सेल्टा भिगोलाई २–० गोल अन्तरले हराएको हो ।
रियालको जितमा मार्काे एसेन्सियो र इडर मिलिसाओले एक एक गोल गरे ।
खेलको ४२औं मिनटमा एसेन्सियोले गोल गर्दै रियाललाई शुरुवाती अग्रता दिलाएका थिए ।
यसपछि दोस्रो हाफको तेस्रो मिनट अर्थात ४८औं मिनटमा मिलिसाओले गोल गर्दै रियाललाई २–० गोल अन्तरको जित दिलाए ।
जितसँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको रियालको ३० खेलमा ६५ अंक भएको छ ।
पराजित सेल्टा समान खेलमा ३६ अंकका साथ १२औं स्थानमा छ ।
प्रतिक्रिया