Pura Samachar

राजस्थान र बेङ्लोर ,कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स सामना गर्दै

प्रकाशित: April 23, 2023
पूरा समाचार

राजस्थान र बेङ्लोर ,कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स सामना गर्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार हुने खेलमा घरेलु टोली रोयल च्यालेन्जर्स बेङ्लोरको सामना गर्दा राजस्थान रोयल्सलाई शीर्ष स्थानमा स्पष्ट अग्रता लिने अवसर हुनेछ ।

राजस्थान र बेङ्लोरबीचको खेल चिन्नाश्वामी स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

राजस्थान ६ खेलमा ४ जित र २ हारको नतिजासहित ८ अंक जोडेर शीर्ष स्थानमा छ । शीर्ष देखि पाँचौं स्थानसम्मका टोलीको समान अंक छ ।

उत्रिने राजस्थानलाई सञ्जु स्यामसन जोस बट्लर, युजवेन्द्र चहल, यशस्भी जैसवाल जस्ता खेलाडीको साथ रहनेछ ।

बेङ्लोर पनि राजस्थानलाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा छ । बेङ्लोर ६ खेलमा समान ३ जित र हारको नतिजासहित ६ अंक जोडेर छैटौं स्थानमा छ ।

बेङ्लोरका लागि विराट कोहली, फाफ डु प्लेसिस वानिन्दु हसरंगा, मोहम्मद सिराज मुख्य खेलाडीका रुपमा रहनेछन् ।

यी दुईले हालसम्म २८ खेलमा एक अर्काको सामना गर्दा राजस्थानले १२ र बेङ्लोरले १३ जित निकालेका छन् ।

पछिल्लो संस्करणका ३ भेटमा राजस्थानले २ तथा बेङ्लोरले एक जित निकालेका थिए ।

यसैगरी साँझ ७ः४५ बजे इडेन गार्डेनमा हुने सुरु हुने खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सको सामना गर्नेछ ।

प्रतिक्रिया