Pura Samachar

ओमानकाे ३ खेलमा ४ अंक

प्रकाशित: April 23, 2023
पूरा समाचार

ओमानकाे ३ खेलमा ४ अंक

काठमाडौं । जितेन्दर सिंहको शतकप्रेरित ओमानले एसिसी प्रिमियर कप अन्तर्गत आइतबार सम्पन्न समूह ‘ए’ काे खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।

यस जितसँगै ओमानले ३ खेलमा ४ अंक जोडेको छ। पराजय ब्यहोरेको मलेसियाको समान खेलबाट २ अंक छ ।

मुलपानी क्रिकेट मैदानमा मलेसियाले प्रस्तुत गरेको दुई सय २८ रनको लक्ष्य ओमनाले ४१.४ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

ओमानका लागि सिंहले एक सय ११ बलमा १३ चौका र १ छक्काको मद्दतमा अविजत एक सय १ रन बनाए । यसैगरी काश्यप प्रजापतीले ६९ बलमा ९ चौका र १ छक्काको मद्दतमा ६६ र कप्तान जिशन मक्सुदले ५८ बलमा १० चौकाको मद्दतमा अविजित ५५ रन जोडे ।

सिंहले पहिलो विकेटका लागि प्रजापतीसँग एक सय २३ तथा तेस्रो विकेटका लागि मक्सुदसँग एक सय रनको साझेदारी गरेका थिए ।

मलेसियाका लागि दुवै विकेट मोहम्मद आमिरले लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय २७ रनको योगफल तयार पारेको थियो ।

मलेसियाका लागि सिंहले एक सय ४४ बलमा १३ चौकाको मद्दतमा सर्वाधिक ९४ रन बनाए । मोहम्मद सैहदतले ६० बलमा ६ चौका र १ छक्काको मद्दतमा ५५, मोहम्मद अमिरले २०, मोहम्मद वाफिकले अविजत १९ र सैयद अजिजले १८ रन जोडे ।

पाँचौं विकेटका लागि सिंह सैहदतले एक सय १४ रनको साझेदारी गरेका थिए ।

ओमानका लागि जिशन मक्सुदले ४, बिलाल खान र आयन खानले समान २ तथा  कालिमुल्लाहले १ विकेट लिए ।

प्रतिक्रिया