Pura Samachar

सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब २-२ को बराबरीमा

प्रकाशित: April 23, 2023
पूरा समाचार

सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब २-२ को बराबरीमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आइतबार सम्पन्न ११ औं चरणको खेलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब २-२ को बराबरीमा रोकिएका छन् ।

सातदाेबाटाेका लागि दुवै गाेल दीपकराज सिंह ठकुरीले गर्दा हिमालयनका लागि निशान लिम्बु र सुशिल राईले समान एक गाेल फर्काए ।

च्यासल मैदानमा खेलको पहिलो मिनेटमै दीपकको गोलमार्फत सातदोबाटोले अग्रत लिएको थियो । दीपकले पासाङ लामाको क्रसलाई पेनाल्टी बक्स भित्रबाट हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

७२औं मिनेटमा अबायमी फकुन्लेको पासलाई सदुपयोग गर्दै  निशानले हिमालयनलाई बराबरीमा ल्याए । ८०औं मिनेटमा दीपकले ब्यक्तिगत दोस्रो गोल गर्दा सातदोबाटो २-१ ले अघि बढ्यो । दीपकले सर्डोक म्याटमुरटोभको पासलाई सदुपयोग गरेका थिए ।

८३औं मिनेटमा हिमालयनका सुशिलले गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो। सुशिलले कप्तान विश्वास श्रेष्ठको क्रसलाई पोस्टको दिशा दिएका थिए ।

प्रतिक्रिया