
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि जिल्ला अदालत काठमाडौंमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।
सन्दीपविरुद्ध जिल्ला अदालत काठमाडौँ मा दर्ता मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो।
यसअघि गत बुधबार किशोरीको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको बकपत्र गराइसकिएको छ। यससँगै मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिने भएको हो।
प्रतिक्रिया