Pura Samachar

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी विश्वासको मत नपाएपछि पदमुक्त

प्रकाशित: April 24, 2023
पूरा समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी विश्वासको मत नपाएपछि पदमुक्त

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमवार  बसेको प्रदेश सभा बैठकमा  मुख्यमन्त्री गिरीले विश्वासको मत नपाएपछि पदमुक्त भएका हुन् । उनले मागेको विश्वासको प्रस्तावका पक्षमा ३३ मतमात्र खस्यो ।
८७ सदस्यीय प्रदेशसभामा  पद कायम रहन४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए ।

मुख्यमन्त्रीको  विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् ।

माओवादी लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था अनुसार विश्वासको मत लिन लिएका हन् ।

सत्तारुढ दलहरुले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी छ ।

प्रतिक्रिया