
काठमाडौं। सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल जारी रहेको छ। सोमबार दिउँसो सिंहदरबारमा तीन दलका शीर्ष नेतालगायत दलका प्रमुख सचेतबीच छलफल सुरु भएको हो।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगै दलका प्रमुख सचेतको सहभागी छन्।
बैठकमा एमाले संसदीय संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, काँग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन्।
प्रतिक्रिया