Pura Samachar

सुनको मूल्यवृद्धि

प्रकाशित: April 25, 2023
पूरा समाचार

सुनको मूल्यवृद्धि

काठमाडौं- मंगलबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले वृद्धि भएको छ। सोमबार तोलामा दुईसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार चारसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार पाँचसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार कायम छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार एकसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ६ सय कायम थियो।

चाँदीको मूल्य भने आज स्थिर छ। सोमबार प्रतितोला एक हजार चारसय २० रूपैयाँ ताेकिएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया