अष्ट्रेलियाविरुद्ध लण्डनको द ओवलमा हुने आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनल खेलको लागि भारतीय टोलीको घोषणा गरिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले ७ देखि ११ जुनसम्म खेलिने टेष्ट च्याम्पियनसिपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
उक्त १५ सदस्यीय टोलीमा केएल राहुल टोलीमा परेका छन्, भने श्रेयस अथ्यर ऋषभ पन्त र जसप्रीत बुमराह बाहिरिन पुगेका छन् । अथ्यर, पन्त र बुमराह चोटका कारण टोलीमा पर्न असफल भएका हुन् ।
त्यस्तै १५ महिनापछि अजिङ्के राहाणे टोलीमा परेका छन् । उनले अन्तिम पटक जनवरी २०२२ मा दक्षिण अफ्रिका टेष्टमा सहभागिता जनाएका थिए । राहाणे टीममा पर्नुमा उनले आईपीएल २०२३ गरेको उत्कष्ट प्रदर्शनलाई आधार मानिएकोछ ।
बीसीसीआईले घोषणा गरेको भारतीय टीममा रोहित शर्मा (कप्तान) शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, केएल राहुल, केएस भरत (विकेट किपर) रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शमी, मोहम्मद सिराज, उमेश यादब र जयदेव उनादकट रहेका छन् ।
आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनल खेलको लागि अष्ट्रेलियाले गत साता नै १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।
प्रतिक्रिया