काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले हार व्यहोरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार मनाङलाई नेपाल पुलिस क्लबले १-० गोल अन्तरले हराएको हो ।
पुलिसको जितमा मुहमद आसिकले निर्णायक गोल गरे ।
खेलको सातौं मिनेटमा मुहमदले गोल गरेका थिए । जुन गोल पुलिसको जितमा निर्णायक रह्यो ।
पुलिसको यो दोस्रो जित हो । पुलिसले १२ खेलमा ९ अंक जोडेको छ ।
मनाङको यो लगातार पाँचौं हार हो । मनाङ १२ खेलमा १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
प्रतिक्रिया