Pura Samachar

आईपीएलमा आज एक खेल हुदै

प्रकाशित: April 26, 2023
पूरा समाचार

आईपीएलमा आज एक खेल हुदै

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल) मा आज बुधबार एक खेल हुदैछ ।

बेंग्लोरको घरेलु एम चेन्नास्वामी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।

कोलकत्ता लगातार हारको शृंखला तोड्न चाहन्छ । कोलकत्ता पछिल्लो चार खेलमा लगातार पराजित हुँदै आएको छ । कोलकत्ता सात खेलमा दुई जित र पाँच हारका साथ आठौं स्थानमा रहेको छ ।

बेंग्लोर पनि यस खेलमा जित हात पारी शीर्ष स्थानको दावेदारी पेश गर्न चाहन्छ । बेंग्लोर ७ खेलमा चार जित र तीन हारका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

अघिल्लो खेलमा बेंग्लोरले राजस्थानलाई हराएको थियो । कोलकत्ता भने चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।

यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकत्ता बलियो देखिएको छ । पाँच खेलमा तीन पटक कोलकत्ता तथा दुईमा बेंग्लोर विजयी भएका छन् ।

यो सिजन दुई टोली दोस्रो पटक खेल्दै छन् । यस सिजन दुई टोलीबीचको पहिलो भेटमा कोलकत्ता ८१ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।

प्रतिक्रिया