
काठमाडौं– नेपालमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा एक जना संक्रमितको निधन भएको हो ।
यो अवधिमा ८२ जना नयाँ संक्रमित थपिएका छन् । १६ सय ३४ जनाको परीक्षण गरिएकोमा यो संख्यामा संक्रमित पुष्टि भएको हो । ती मध्ये ४९४ जनाको पीसीआर गर्दा ३७ जनामा तथा ११ सय ४० जनाको एन्टीजेन परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ६५ जना संक्रमणमुक्त भएका छन् भने ८८ हजार ६ सय ४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ सय ६१ रहेको छ ।
प्रतिक्रिया