Pura Samachar

सातदोबाटो युथ क्लबकाे फराकिलो जित

प्रकाशित: April 26, 2023
पूरा समाचार

सातदोबाटो युथ क्लबकाे फराकिलो जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रोयल ब्लु सातदोबाटो युथ क्लबले फराकिलो जित निकालेको छ।

च्यासल मैदानमा बुधबार भएको खेलमा सातदोबाटोले संकटा क्लबलाई ४-० गोल अन्तरले हराएको हो ।

सातदोबाटोको जितमा विलियम एसिडेउ र दीपक सिंह ठकुरीले दुई दुई गोल गरे ।

खेलको दशौँ मिनेटमा विलियमले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।

१९ औं मिनेटमा विलियमले व्यक्तिगत दोस्रो गोल गर्दा सातदोबाटो २-० ले अघि रह्यो ।

खेलको ६८ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई ४-० को जित दिलाए ।

सातदोबाटोको यो छैटौं जित हो । सातदोबाटो १२ खेलमा २१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

संकटाको यो पाँचौं हार हो । संकटा १२ खेलमा १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया