Pura Samachar

इंग्लिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक,सिटीकाे आर्सनलमाथि ४–१ को जीत

प्रकाशित: April 27, 2023
पूरा समाचार

इंग्लिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक,सिटीकाे आर्सनलमाथि ४–१ को जीत

काठमाडौं, १४ बैशाख । इंग्लिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्न पुगेको छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि सानदार जित दर्ता गरे पछि उपाधी होड रोमाञ्चक बन्न पुगेको हो ।

सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा आर्सनलमाथि ४–१ को जीत निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । आर्सनललाई हराएको सिटीले अब खेल्न बाँकी रहेकाे दुई खेलमा यदि बिजयी भएमा ४ अंकले अघि बढने छ ।

बुधवार राति भएकाे खेलकाे सातौं मिनेटमा केभिन डि ब्रुएनाले सुरुवात गोल हानेर खेललाई १–० को अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयमा जोन स्टोन्स थप अर्को गोल गर्दै सिटीको अग्रता दोब्बर पारिदिए  ।

 

आर्सनलको पोष्ट गोल हान्ने क्रम अझै रोकिएन । दोस्रो हाफको ५४औं मिनेटमा ब्रुएनाले व्यक्तिगत दोस्रो तथा टोलीकालागि तेस्रो गोल गरेपछि सिटी ३–० को अन्तरले उपाधि होडतर्फ लम्काइदिए । तर, ८६औं मिनेटमा आर्सनलका रोब होल्डिङले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याई दिए ।

 

घरेलु मैदानमा सिटी रोकिने पक्षमा भने देखिएको थिएन, उसले दोस्रो हाफको इन्ज्युरी समयमा पनि गाेल हानिदियाे । हालान्डले फिल फोडेनको पासमा अन्तिम गाेल गरे । अन्ततः सिटीले ४–१ को सानदार जितसहित उपाधि होडमा आफुलाई अब्बल सावित गरिदियो ।

 

यस खेलसँगै आर्सनल र सिटीको अंक दुई मात्रै फरक परेको छ । शीर्षस्थानमा रहेको आर्सनलको ३३ खेलबाट ७५ अंक छ भने सिटीले ३१ खेलबाट ७३ अंक बटुलेको छ । बाँकी रहेका दुबै खेलमा जित हासिल गरे सिटीले आर्सनललाई  ४ अंकले पछि पार्नेछ ।

प्रतिक्रिया