Pura Samachar

बेंगलोरलाई कोलकाताले २१ रनले हरायाे

प्रकाशित: April 27, 2023
पूरा समाचार

बेंगलोरलाई कोलकाताले २१ रनले हरायाे

एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा बेंगलोरलाई कोलकाताले २१ रनले पराजित गरेको छ ।

जितको लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७९ रन मात्र बनाउन सक्यो । बेंगलोरका लागि कार्यवाहक कप्तान विराट कोहलीले सर्वाधिक ५४ रन बनाए ।

कोलकाताको जितमा बरुण चक्रवर्तीले ३ तथा सुयश शर्मा र  आन्द्रे रसेलले समान २/२ विकेट लिए ।

त्यसअघि  टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय रन बनाएको थियो । कोलकाताको लागि जेसन रोयले सर्वाधिक ५६ रन बनाएका थिए ।

कोलकाता ८ खेलमा ३ मा जित र ५ मा हारसहित ६ अंकका साथ सातौं स्थानमा छ । बेंगलोर ८ खेलमा ४ मा जित र ४ मा हारसहित पाँचौं स्थानमा छ ।

प्रतिक्रिया