Pura Samachar

पुराना दलहरू सच्चिने कि सक्किने भन्ने विषयमा गम्भीर प्रश्न

प्रकाशित: April 28, 2023
पूरा समाचार

पुराना दलहरू सच्चिने कि सक्किने भन्ने विषयमा गम्भीर प्रश्न

डा.स्वर्णिम वाग्लेलाई जनताले अवसर दिएका छन् । चितवनबाट रवि लामिछानेलाई फेरि लोकप्रिय मत दिएका छन् । यो अवसरलाई रबि र वाग्लेले कसरी लिन्छन् त्यो हेर्न बाँकी छ । जनताले परिवर्तन खोजेका छन् । त्यसैले क्षमता भएको देश र जताका लागि जसले काम गर्नसक्छ उसको साथमा जनता छन् । अब पुरानो पाराले कुनै पनि दल टिक्न सक्दैनन् भन्ने सन्देश उपनिर्वाचनले दिएको छ । अब पुराना ठूला दलहरू सच्चिने कि सक्किने ? प्रश्न यो हो ।

देशमा उपनिर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन सम्पन्न हुनुअघि विभिन्न खाले टीकाटिप्पणी हुने गरेका थिए । आज निर्वाचन सम्पन्न भइसकेपछि प्रमुख ठूला दलहरूमाथि गम्भीर प्रश्न उठने गरेको छ । अब यही शैली र बेइमानको राजनीति गर्न छोडेनन् भने प्रमुखदलहरूको राजनीति भविष्य संकटमा जाने देखियो ।

उपनिर्वाचनको परिणामले नयाँ दलप्रति विश्वास जागेको देखियो । नयाँ दलहरू इमानदार भएर देश र जनताको पक्षमा खरो रूपमा उत्रिए भने पुराना र ठूला दलहरूलाई समस्या हुने देखिन्छ । अहिलेको उपनिर्वाचनबाट पाठ सिकेर ठूला दल अघि बढ्ने कि पछि हट्ने भन्ने कुरा महत्वपूर्ण हो । पुराना दलहरूवाट देशमा केही सुधार हुन नसकेपछि जनता वाक्क दिक्क भएर विकल्प रोजिरहेका छन् । ठूला दलहरूमा सोच र चिन्तन फेरिएन भने निकट भविष्यमा पैरो जाने सम्भावना छ । अहिलेको उपनिर्वाचनले पुराना दललाई सच्चिएर अगाडि बढ्न सन्देश दिएको छ । पुराना दलहरूले जनताका माग र आवश्यकता पूरा नगरेको कारणले नयाँ दलप्रति आकर्षण बढेको हो ।

राजनीति धरातल नभएका दलहरू एकाएक उदाउनु र पुराना दलहरू खुम्चिँदै जानु जनतामा वितृष्णा बढेर हो । प्रमुख दलहरू अब गम्भीर भएर अघि बढने सोच बनाउनुपर्छ । अब नारा र भाषणले मात्र जनता अलमल्याउन सकिँदैन रहेछ भन्ने कुरा यो अहिले उपनिर्वाचनको परिणामबाट प्रष्ट भयो होला नि । ठूला दलहरू व्यवस्थाप्रति र संविधानप्रति गम्भीर बन । आज केही तत्वहरू सलबलाइरहेका छन् । संविधानको भावनाअनुसार राज्यका अंग चल्नुपर्छ । अनि मात्र देशमा राम्रो हुन्छ । नेपाली जनताको भविष्य उज्ज्वल बनाउने किसिमले दलहरू अघि बढनसके राम्रो हुन्छ । आज देश संकटमा पर्दै छ । राज्यले सुविधा दिन नसक्ने अवस्था भयो । यो स्थितिको अन्त्य गर्न हामीले सरकारलाई सक्रिय बनाउनुपर्छ । राजनीतिक नेतृत्व नसच्चिए यो देश कुनै न कुनै दिन ठूलो दुर्घटनामा जान सक्छ ।

त्यसो भएर प्रमुख दलहरू मुलुकप्रति गम्भीर बन्नुपर्ने अवस्था आयो । आज देशमा राजनेताको खोजी भइरहेको छ । हामीले खोजेको राजनेता अझै पाउन सकिरहेका छैनौँ । देशमा राजनेता नभएसम्म मुलुक बन्दैन । हाम्रो देशमा नेता मात्र धेरै भए । नेता मात्रैको काम छैन । राजनीति दलहरू पनि धेरै भए । यति धेरै राजनीति दलहरूको पनि काम छैन । जबसम्म राष्ट्र निर्माणको एजेन्डा बोकेर नेतृत्व आउँदैन तबसम्म विकास हुँदैन । यो कुरा बारम्बार उठिरहेको छ । हाम्रो देशमा राजनीति नेतृत्व इमानदार बन्न सकेनन् । हाम्रो देशको संविधान राम्रो छ तर त्यसलाई कार्यान्वयनमा लाने राजनीतिक नेतृत्व असल भएनन् । अहिलेसम्म द्वन्द्व पीडितले न्याय पाएका छैनन् । प्रतिबद्धता धेरै गर्ने तर त्यसलाई कार्यान्वयन नगर्ने जुन खालको संस्कार छ त्यसले राम्रो गरिरहेको छैन ।

अहिलेको उपनिर्वाचनबाट के सिक्न सकिन्छ भने सचेत र जागरूक मतदाताले राम्रो निर्णय लिएका छन् । अब नेपाली जनता भ्रममा नपर्ने र आफ्नो विवेक प्रयोग गर्ने देखियो । जसले राष्ट्र निर्माणको एजेन्डा बोकेको छ उसलाई मात्र जनताले पत्याउने अवस्था निर्माण भएजस्तो देखिन्छ । अब जनताले मत हाल्ने बेलामा दश पटकसम्म सोचेर राम्रो उम्मेद्वारलाई भोट हाल्ने अवस्था देखियो । त्यसैले पुराना दलहरूले हामी पुराना हौँ भनेर बस्ने अवस्था छैन । अब उनीहरूले निषेधको राजनीति गर्नु हुँदैन । अबको नेतृत्वले गफ गरेर मात्र हुँदैन । काम गरेर देखाउनु पर्छ । जनतामा चेत आइसकेको छ । देश बनाउने सोच जुन दल र नेतामा छ त्यसलाई जनताले हौसला दिनुपर्छ ।

डा.स्वर्णिम वाग्लेलाई जनताले अवसर दिएका छन् । चितवनबाट रवि लामिछानेलाई फेरि लोकप्रिय मत दिएका छन् । यो अवसरलाई रबि र वाग्लेले कसरी लिन्छन् त्यो हेर्न बाँकी छ । जनताले परिवर्तन खोजेका छन् । त्यसैले क्षमता भएको देश र जनताका लागि जसले काम गर्न सक्छ उसको साथमा जनता छन् । अब पुरानो पाराले कुनै पनि दल टिक्न सक्दैनन् भन्ने सन्देश उपनिर्वाचनले दिएको छ । अब पुराना ठूला दलहरू सच्चिने कि सक्किने ? प्रश्न यो हो । पुराना पार्टी भनेर मात्र हुँदैन । विचार, नीति, सिद्धान्त ठिक भए पनि व्यवहारमा लागू गर्न सकेनन् भने त्यसको कुनै अर्थ हुँदैन । उपनिर्वाचनको मत परिणामले जुन किसिमको सन्देश दिन खोजेको छ त्यो सही हो । अब पुराना पार्टी भन्दैमा जोगाउने पक्षमा जनता छैनन् । पुराना पार्टीहरूलाई जनताले पटकपटक सुध्रने मौका नदिएका होइनन् । तर, कुनै पनि दलहरूले चासै दिन खोजेनन् । रवि लामिछाने र स्वर्णिम वाग्लेले ०८४ सालको चुनावका लागि राम्रो सन्देश दिएका छन् । अब पुराना ठूला दलहरू सच्चिने कि सक्किने भन्ने बिषयमा गम्भीर प्रश्न उठ्ने गरेका छन् । अब पनि ठूला दलले सच्चिने बाटो तत्काल खोजेनन् भने उनीहरूमाथि समस्या तेर्सिनेछ ।

आज नेपाली जनता ठूला दलप्रति वाक्क दिक्क भएका छन् । पटकपटक सरकारमा गएर पनि मुलुक बनाउने मार्गचित्र कोर्न सकेनन् । यो नै ठूलो समस्या हो । अब जनताले युवाको नेतृत्व र परिवर्तन खोजिरहेका छन् । अब नेपाली जनता धेरै बुझ्ने भएका छन् । भ्रमको राजनीतिमा जनता अब अल्झिदैनन् । यो कुरा ठूला दलहरूले बुझे पनि हुन्छ । सत्तारूढ दल पुरै गठबन्धनका पार्टीहरू लागे पनि चितवनमा रवि र तनहुँमा स्वर्णिम वाग्लेलाई हराउन सकेनन् । आज देशभरि रास्वपाको चर्चा चलिरहेको छ । युवाहरूले देशमा विकास, समृद्धि र रोजगारी खोजेका छन् । तर, पुराना र ठूला पार्टीहरूबाट सम्भव नदेखेपछि शान्तिपूर्ण विद्रोह गरिरहेका छन् । जनतामा असन्तुष्टि चुलिँदै गयो भने मतदानबाट यस्तै परिणाम दिन्छन् ।

ठूला दलहरूले आगामी दिनमा आफ्ना कार्यकर्ताहरूको भोटसमेत जोगाउन नसक्ने अवस्था बन्न सक्नेछ । जनताले आश गरेका दलहरूबाट पनि मुलुकको प्रगति हुन सकेन । मुलुकको प्रगति नभएपछि जनताले विकल्प रोज्छन् । आज भएको त्यही हो । देशमा विकृति, विसंगति, भष्टाचार मौलाउँदै गएको जनताले नजिकबाट हेरिरहेका छन् । ठूला दलहरूले यी कुरामा ध्यान नदिएपछि जनतामा असन्तुष्टि हुनु स्वाभाविक हो । अझै केही बिग्रेको छैन, कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, मधेस केन्द्रित दललगायत सबै अब सुध्रनुपर्छ । जनताको पक्षमा काम गरेर देखाउनुपर्छ । देशमा विकास र समृद्धि ल्याउने कुरामा दलहरू गम्भीर बनेर अघि बढ्नुपर्छ । ठूला दलहरूले विगतमा गरेका गल्तीबाट पाठ सिकेर अघि बढ्ने कोसिस गर्नुपर्छ । आफ्ना आसेपासे र नातागोतालाई मात्र पोस्ने काम दलहरूले जुन गल्ती गर्दै आएका छन् यसमा गम्भीरता देखाउनुपर्ने देखिएको छ । समय छँदै सच्चिने काम भयो भने पार्टी जोगाउन त्यति समस्या नहुन सक्छ ।

लोकतन्त्रवादी शक्तिहरूका बीच सहकार्य गरेर जानुपर्ने अवस्था पनि आउन सक्छ । समय, परिस्थितिअनुसार दलहरू चल्न सकेनन् भने कुनै काम छैन । ती दलहरू खिइँदै जाने हुन् । अब जनताले आश्वासन अनुसारको परिणाम खोजिरहेका छन् । त्यो पार्टीहरूले पूरा गर्न सकेनन् भने आफैँ सकिँदै जाने हो । अरू कुनै विकल्प छैन । यति हँुदाहुँदै पनि ठूला दलहरूमा चेत खुल्दैन भने अरू भन्नु केही छैन । लामो इतिहास बोकेका दलहरू जनताबाट बहिष्कृत हुने अवस्था क्रमश बन्दै गयो भने लोकतन्त्र, संविधान र व्यवस्थामाथि नै खतरा हुन सक्छ । त्यसो भएर ठूला दल मिलेर जानुपर्ने अवस्था देखियो । जनतामा विश्वास जगाउने काम गरेर जानुप¥यो । अब जनता त्यसै दलहरूको विश्वास गर्ने अवस्था देखिँदैन । भन्न खोजेको कुरा के हो भने पुराना र ठूला दल अब सच्चिनुपर्छ । देश र जनताप्रति इमानदार भएर काम गर्नुपर्छ । पुराना गल्ती सच्याउँदै जनतासँग माफ माग्नुपर्छ । त्यसो भयो भने मात्र जनताले पत्याउँने ठाउँ हुन सक्छ । साभार सोर्य दैनिक

प्रतिक्रिया