Pura Samachar

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

प्रकाशित: April 28, 2023
पूरा समाचार

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

चितवन, १५ वैशाख । भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

गए राति भरतपुर महानगरपालिका–२८ साझापुरमा ना२२प ६८०० नंको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो । ठक्करबाट मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

मोटरसाइकलचालक भरतपुर–२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया