Pura Samachar

सुनचाँदीको मूल्य घटयाे

प्रकाशित: April 28, 2023
पूरा समाचार

सुनचाँदीको मूल्य घटयाे

शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

 

बिहीबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया