Pura Samachar

लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले शपथ लिए

प्रकाशित: April 28, 2023
पूरा समाचार

लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले शपथ लिए

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ दिलाएका हुन् ।

चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरीसहित गठबन्धनमा रहेका राजनीतिक दलका नेता कार्यकर्ता सहभागी रहेको थियो ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई हिजो मुख्यमन्त्री नियुक्त गरेका थिए । उनलाई आज शुक्रबार प्रदेश प्रमुख गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

पाण्डे कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

शपथ लिएसँगै मुख्यमन्त्री पाण्डेले दुईजना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका छन्। नेकपा माओवादी केन्द्रबाट शुशिला सिमखडा र नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारीलाई मन्त्री बनेका हुन्। उनीहरूले शपथ ग्रहण गरिसकेका छन्।

प्रतिक्रिया