Pura Samachar

सनराइजर्स हैदराबादले दिल्लीलाई ९ रनले हरायाे

प्रकाशित: April 30, 2023
पूरा समाचार

सनराइजर्स हैदराबादले दिल्लीलाई ९ रनले हरायाे

काठमाडौँ — इन्डियन प्रिमियर लिग २०२३ मा दिल्ली क्यापिटल्सको खराब प्रदर्शन शनिबार पनि जारी रह्यो । सनराइजर्स हैदराबादले दिल्लीलाई ९ रनले पराजित गर्‍यो ।

हारले दिल्ली अंक तालिकाको अन्तिम स्थानमा रहेको छ । हारसँगै शीर्ष चारमा रहने सम्भावना लगभग समाप्त भएको छ ।

दिल्ली ८ खेलबाट ४ अंकमा अन्तिम स्थानमा छ । हैदराबादको भने समान खेलबाट छ अंक भएको छ र आठौं स्थानमा उक्लेको छ । पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको थियो ।

त्यसमा हेनरिच क्लासनले सर्वाधिक ५३ रन बनाए । जवाफमा दिल्लीले ६ विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो । हारका बाबजुद दिल्लीका मिचेल मार्स ‘प्लेयर अफ द म्याच’ बने ।

प्रतिक्रिया