काठमाडौं । काठमाडौं कपनकी निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापा धुलाबारीका विनोद विकलाई प्रहरीले आज काठमाडौं ल्याउँदै छ ।
बिकलाई काठमाडौं ल्याउन उच्चस्तरीय छानबिन समितिका दुई जना डिएसपीसहितको टोली झापा पुगेको छ । हत्या अनुसन्धान गर्न एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको थियो ।
कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको वैशाख ७ गते पसलमै हत्या भएको थियो ।
प्रहरीले निराको हत्यामा झापा धुलाबारीका विनोद विक संलग्न भएको बताईएपनि थप कुरा खुलेको छैन । काठमाडौंको एक रेटुरेन्टका बाउन्सर बिकलाई प्रहरीले धुलाबारीबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया