Pura Samachar

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर स्वदेश फर्किए

प्रकाशित: April 30, 2023
पूरा समाचार

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर  स्वदेश फर्किए

काठमाडौं— नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर आइतबार स्वदेश फर्किएका छन् ।

गत ३ फागुनमा आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भण्डारी भारतमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका हुन् ।

उनको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गरिएको थियो । सांसद भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् ।

प्रतिक्रिया