Pura Samachar

एसीसी प्रिमियम कपको आज फाइनल खेल नेपाल र युएईबिच हुदैँ

प्रकाशित: May 1, 2023
पूरा समाचार

एसीसी प्रिमियम कपको आज फाइनल  खेल नेपाल र युएईबिच हुदैँ

काठमाडौं। एसीसी प्रिमियम कपको आज फाइनल खेल हुदैँछ ।

किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई)का बिचमा आज फाइनल खेल हुदैँछ । बिहान ९ बजेवाट सो खेल सुरु हुनेछ ।

शनिवार भएको खेलमा नेपाल कुबेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्ध भए पछि समुह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो  भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

आज हुने फाइनल खेलको बिजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् ।

यदी, शनिवारको झै पुनः पानी परेको खण्डमा आइसिसीको ओडिआई वरियतामा १४ औं स्थानमा रहेकाे नेपाल र १९ औं स्थानकाे रहेकाे युएई  बिचकाे खेल म‌गलबार हुनेछ ।

प्रतिक्रिया