Pura Samachar

देशभर आंशिक देखि सामान्य बदली रहने

प्रकाशित: May 1, 2023
पूरा समाचार

देशभर आंशिक देखि सामान्य बदली रहने

काठमाडौं, १८ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली  रहेको छ ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी  भू–भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 

राती भने देशका पहाडी  भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी  भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। पहाडी  भू–भागका थोरै तथा तराईका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 

देशका पहाडी  भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया