इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (सोमबार) लखनाउ सुपर जायन्ट्स र रोयल च्यालेञ्जर बेङ्गलोरबिच भिडन्त हुँदैछ ।
आजको खेल लखनउको अटल बिहारी वाजपेयी एकाना क्रिकेट स्टेडियमा नेपाली समयानुसार राती ७:४५ बजे शुरु हुनेछ ।
जारी सिजनको आईपीएलमा अहिलेसम्म दुवै टोलीले ८,८ खेल खेलका छन् । जसमा लखनउले ५ खेल जितेर १० अङ्क जोडेको छ भने बेङ्गलोरले ४ खेलमा जित हासिल गर्दै ८ अङ्क जोडेको छ ।
आईपीएल २०२३ को संस्करणमा अहिलेसम्म दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आजको खेलमा यी दुवै टोलीबिच निकै टक्कर हुने अनुमान गरिएको छ ।
जारी सिजनमा यसअघि पनि यी दुई टोलीबिच भिडन्त भइसकेको छ । गत १० अप्रिलमा भएको खेलमा बेङ्गलोरले पहिले ब्याटिङ्ग गर्दै २१२ रन बनाएको थियो ।
२१३ रनको विजय लक्ष्य पाएको लखनउले अन्तिम बलमा १ विकेटको रोमाञ्चक जित हासिल गर्दै उक्त लक्ष्य प्राप्त गरेको थियो ।
आज बेङ्गलोर पहिलो हारको बदला लिने र लखनउ आफ्नौ मैदानमा पुनः जित्ने मनसायका साथ मैदानमा उत्रिने छ ।
लखनको अटल बिहारी बाजपेयी एकाना क्रिकेट स्टेडियम पीच विशेष गरेर बलरहरुको लागि सहयोगी मानिन्छ । यहाँ पहिले ब्याटिङ्ग गर्ने टोलीको औसत १५२ रन रहेको छ । आईपीएलका अन्य भेन्युभन्दा यो स्टेडियममा निकै कम रन बन्दै आएको छ ।
आजको खेलमा पनि यो पीचमा कुनै किसिमको परिवर्तन देखिएको छैन । यो पीच सुस्त हुनुको साथै स्पिन बलरको लागि सहयोगी हुने अनुमान गरिएको छ ।
यो पीचमा टस निकै महत्वपूर्ण मानिन्छ । जुन टोलीले टस जित्छ त्यसले पीचको स्वरुप
प्रतिक्रिया