Pura Samachar

एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र यूएईको बाँकी खेल आज हुदै

प्रकाशित: May 2, 2023
पूरा समाचार

एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र यूएईको बाँकी खेल आज हुदै

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र यूएईको बाँकी खेल आज हुदै । 

सोमबार वर्षाले खेल स्थगित हुन पुग्यो । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । बिहान ११ बजेर ५० मिनेट जादा दोस्रो पटक खेल रोकिएको थियो ।

दिउँसो ३ बजेर ३० मिनेटसम्म पनि वर्षा नरोकिएपछि बाँकी खेल मंगलबार हुने म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले घोषणा गरेका हुन् 

प्रतिक्रिया