Pura Samachar

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

प्रकाशित: May 4, 2023
पूरा समाचार

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

भिमफेदी गाउँपालिका–६ जुरिखेतमा बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको अबस्थामा अनियन्त्रित भई सो मोटरसाइकल दुर्घटना भएको थियो । सो दुर्घटनामा परी पर्सौनि नगरपालिका–५ बाराका २५ वर्षीय लाल बाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको छ ।

मृतक दुबैजनाको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया