Pura Samachar

सुनचाँदीको मूल्यमा वृद्धि

प्रकाशित: May 4, 2023
पूरा समाचार

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं- बिहीबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। बुधबार तोलामा १८ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला १२ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुईसय ५० रूपैयाँ कायम छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० रूपैयाँ कायम थियो।

चाँदीको मूल्य पनि आज प्रतितोला २० रूपैयाँले बढेको छ। चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार चार सय ४५ रूपैयाँ कायम छ। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार चार सय २५ रूपैयाँ कायम थियो।

प्रतिक्रिया