Pura Samachar

हिमालयन शेर्पा क्लबकाे जित,जावलाखेलको पाँचौं हार

प्रकाशित: May 5, 2023
पूरा समाचार

हिमालयन शेर्पा क्लबकाे जित,जावलाखेलको  पाँचौं हार

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा हिमालयनले नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।

हिमालयनको जितमा अबायोमी फाकुन्ले र अमृत श्रेष्ठले एक एक गोल गरे ।

पुलिसका सौजन राईले एक गोल फर्काए ।

खेलको १४ औं मिनेटमा अबायोमीले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ३० औं मिनेटमा सौजनले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५१ औं मिनेटमा अमृतले गोल गर्दै हिमालयनलाई २-१ को जित दिलाए ।

हिमालयनको यो पाँचौं जित हो । हिमालयनले १५ खेलमा २० अंक जोडेको छ ।

पुलिसको यो आठौं हार हो । पुलिसले १५ खेलमा १५ अंक जोडेको छ ।

 

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा जावलाखेललाई एफसी खुमलटारले ४-२ गोल अन्तरले हराएको हो।

खुमलटारको जितमा स्टेफेन समिरले ह्याट्रिक गोल गरे । मेसुके ओलुमोउको नाममा एक गोल रह्यो ।

जावलाखेलका विनोद केसीले एक गोल फर्काए । रोहित सुब्बाले एक आत्मघाती गोल गरे ।

खेलको २० औं मिनेटमा स्टेफेनले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।

४२ औं मिनेटमा खुमलटारका रोहितले आत्मघाती गोल गर्दा खेल १-१ को स्थितिमा रह्यो ।

पहिलो हाफको इन्जुरी समयमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २-१ को अग्रता दिलाए ।

५१ औं मिनेटमा स्टेफेनले ह्याट्रिक पूरा गर्दा खुमलटार ३-१ ले अघि रह्यो ।

इन्जुरी समयको तेस्रो मिनेटमा विनोदले गोल गर्दै जावालाखेललाई ३-२ को स्थितिमा ल्याए ।

त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई ४-२ को जित दिलाए ।

खुमलटारको यो पाँचौं जित हो । खुमलटारले १५ खेलमा १७ अंक जोडेको छ ।

जावलाखेलको यो पाँचौं हार हो । जावलाखेल १५ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया