इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा राजस्थान रोयल्सलाई ९ विकेटले हराउँदै गुजरात टाइटन्सले जितेको छ ।
चालु आईपीएल सिजनको ४८औं खेलमा शुरूआती ब्याटिङ गरेको राजस्थानले गुजरातसामु ११९ रनको लक्ष्य राखेको थियो ।
जवाफी ब्याटिङ गरेको गुजरातले १३.५ ओभरमै लक्ष्य भेट्टायो । गुजरातको जीतका लागि शुभमन गिल र ऋद्धिमान साहाले ७१ रनको सलामी पारी खेलेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चालु सिजनमा यसअघि पनि राजस्थान र गुजरातले खेलेका थिए । सो खेलमा राजस्थानले गुजरातमाथि ३ विकेटको जीत निकालेको थियो ।
प्रतिक्रिया