Pura Samachar

शीर्ष स्थानको म्यानचेस्टर सिटीको जित

प्रकाशित: May 7, 2023
पूरा समाचार

शीर्ष स्थानको म्यानचेस्टर सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई २-१ गोल अन्तरले हराएको हो ।

सिटीको जितमा इल्के गुन्डोगानले दुई गोल गरे । लिड्सका रोड्रिगो मोरेनोले एक गोल फर्काए ।

खेलको १९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।

 

८४ औं मिनेटमा गुन्डोगान पेनाल्टीमा चुक्दा ह्याट्रिक गर्नबाट बन्चित रहे । गुन्डोगानको प्रहार पोस्टमा लागेको थियो ।

त्यसपछि खेलको ८५ औं मिनेटमा लिड्सका मोरेनोले गोल गरेपनि सिटी २-१ ले विजयी भयो ।

जितसँगै सिटीले ३४ खेलमा ८२ अंक जोडेको छ ।

लिड्स ३० अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया