परिषद्मा बहुमत सदस्य रहेको नेकपा एमालेको सर्त र अडानका कारण प्रधानन्यायाधीशको नियुक्ति सिफारिस हुन सकेको छैन। यसअघि वैशाख ७ गते संवैधानिक परिषद् बैठक बसेको थियो। सो बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे कुनै निर्णय हुन सकेन। एमाले अध्यक्ष ओलीकै अडानका कारण बैठक विनानिष्कर्ष टुंगिएको थियो।
उक्त बैठकमा ओलीले पहिले संसदीय सुनुवाइ समिति गठन गरेर मात्रै प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने अडान राखेका थिए। संवैधानिक परिषद् बैठकले सिफारिस गरेका व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।
सर्वोच्च अदालत १ फागुन २०७८ देखि प्रधानन्यायाधीशविहीन छ। लामो समयदेखि सर्वोच्च कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्नेछ। तर, हालसम्म सार्वजनिक सुनुवाइ विशेष समिति गठन हुन सकेको छैन। प्रमुख दलहरूबीच समितिको भागबण्डामा नमिल्दा प्रतिनिधिसभा अन्तरगतको संसदीय समिति गठन हुन सकेको छैन।













प्रतिक्रिया