Pura Samachar

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे कानुनका जानकारसँग आज परामर्श गर्दै

प्रकाशित: May 7, 2023
पूरा समाचार

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे कानुनका जानकारसँग आज परामर्श गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे कानुनका जानकारसँग आज परामर्श गर्दैछन् ।

आज दिउँसो एक बजे उनले कानुनविदहरुसँग परामर्श गर्न  लागेका हुन । दिउँसो एक बजे छलफल हुने बताइएको छ ।

अघिल्लो सरकारको पालामा दुवै सदनबाट पास भएको नागरिकता विधेयक शीतलनिवास पठाइए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् ।

विधेयक अघि बढाउने निर्णय अहिलेको सरकारले गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रममा ६ महिनाभित्र नागरिकता विधेयक पारित गर्ने उल्लेख छ । हिजो मात्रै सत्ता गठबन्धनले यसबारे कानूनका जानकारसँग परामर्श गरेको थियो । र, कानूनविदहरुले विधेयक प्रमाणिकरण गर्न मिल्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया