
काठमाडौं– नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दिनप्रति दिन घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ३२ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा १९६४ जनाको परीक्षण गरिएको थियो । ती मध्ये ३०४ जनाको पीसीआर गर्दा ८ जनामा तथा १६६० जनाको एन्टीजेन गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् भने ३५ सय ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३३ छ ।
प्रतिक्रिया