Pura Samachar

काठमाडौँ महानगरपालिकाले आजबाट महानगरभित्रको तार व्यवस्थापन गर्ने

प्रकाशित: May 8, 2023
पूरा समाचार

काठमाडौँ महानगरपालिकाले आजबाट महानगरभित्रको तार व्यवस्थापन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिबाट महानगरभित्रको तार व्यवस्थापन गर्ने भएको छ।

आइतबार बसेको बैठकले उक्त निर्णय गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन्।

उनका अनुसार पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि वसन्तपुर हुँदै असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरिएको हो।

तार व्यवस्थापन गर्दा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहने महानगरले बताएको छ।

प्रतिक्रिया