काठमाडौं । साबिक बिजेता गुजरात टाईटन्सले लखनउ सुपर जायन्ट्सलाई हराउदै इन्डियन प्रिमियर लिग(आइपीएल)को प्लेअफमा स्थान बलियो बनाएकोे छ ।
प्लेअफमा स्थान बलियो गर्ने क्रममा अहमदाबादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा घरेलु टोली गुजरात ५६ रनले विजयी भएको हो ।
गुजरातले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन मात्र बनायो ।
लखनउका लागि ओपनर क्विटन डि ककले ४२ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ७१ रनको अर्धशतकीय ईनिङ्स खेले ।
पहिलो विकेटका लागि डि ककले कैल मेयर्ससँग मिलेर ५० बलमा ८८ रनको सानदार सुरुआत गरेका पनि टोली जितसम्म पुग्न सकेन ।
मेयर्सले ३२ बलमा ७ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाए । आयुष बदोनीले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा २१ रन बनाए । दीपक हुड्डाले ११ बलमा ११ रन बनाए ।
गुजरातका लागि मोहित शर्माले ४ ओभरमा २९ रन खर्चिएर ४ विकेट लिए । नूर अहमद, राशिद खान र मोहम्मद सामीले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय २७ रन बनायो ।
गुजरातका लागि ओपनरद्वय ऋद्धिमान शाह र शुभमन गिलले सानदार अर्धशतकीय ईनिङ्स खेले ।
गिलले ५१ बलमा २ चौका र ७ छक्काको सहयोगमा अविजित ९४ रन बनाए । शाहले ४३ बलमा १० चौका र ४ छक्काको सहयोगमा ८१ रन बनाए ।
पहिलो विकेटका लागि शाह र गिलले ७३ बलमा १ सय ४२ रनको सानदार साझेदारी गरी जितको आधार तय गरे ।
तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान हार्दिक पान्ड्याले १५ बलमा १ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए । डेबिड मिलर १२ बलमा २ चौका र १ छक्काको साथमा २१ रन बनाउदै अविजित रहे ।
लखनउका लागि आभेश खान र मोहसिन खानले समान १/१ विकेट लिए ।
११ खेलमा ८ जित र ३ हार सहित गुजरात १० टोली सहभागी लिगमा १६ अंकका साथ शिर्ष स्थानमा कायमै रहेको छ ।
११ खेलमा ५ जित र ५ हार सहित लखनउ अंक तालिकाको तेस्रो स्थानमा छ ।
प्रतिक्रिया