Pura Samachar

सुनको मूल्य बढ्याे

प्रकाशित: May 8, 2023
पूरा समाचार

सुनको मूल्य बढ्याे

काठमाडौं। सुनको मूल्य फेरि बढ्न थालेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो।

सोमबारको लागि सुन प्रति तोला एक लाख १० हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको पहिलो दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेर प्रति तोला एक लाख १० हजार ६सय रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य दुई दिनदेखि स्थिर रहेको छ। सोमबार चाँदी १४ सय ४५ रुपैयाँ कायम छ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस २०२३.२ डलरमा कारोबार भइरहेको छ। यसैगरी चाँदी प्रति औंस २५.७२ डलर छ।
आइतबार सुनको मूल्य घटेर प्रति औंस २०१६.८७ डलर र चाँदी प्रति औंस २५.५६ डलर थियो।

प्रतिक्रिया