Pura Samachar

फ्रेन्डस् ३-१ गोल अन्तरले विजयी,मनाङ र पुलिस २-२ गोलको बराबरी

प्रकाशित: May 8, 2023
पूरा समाचार

फ्रेन्डस् ३-१ गोल अन्तरले विजयी,मनाङ र पुलिस २-२ गोलको बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा एफ सी खुमलटार फ्रेन्ड्स क्लबसँग पराजित भएको छ ।

च्यासल खेल मैदानमा सोमबार भएको खेलमा फ्रेन्डस् ३-१ गोल अन्तरले विजयी भएको हो ।

फ्रेन्ड्सको जितमा रफिक अमानुले चौथो र स्रोह्रौं मिनेटमा गोल गर्दा सन्तोश खत्रीले ७८ औं मिनेटमा गोल गरे ।

खुमलटारका लागि मिसुकेले ६७ मिनेटमा सान्त्वना गोल फर्काए ।

फ्रेन्ड्स १६ खेलबाट १९ अंक सहित तालिकाको ९ औं स्थानमा उक्लिएको छ ।

खुमलटार १६ खेलमा १७ अंक सहित तालिकाको १३ औं स्थानमा झरेको छ ।

एन्फा कम्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मनाङ र पुलिसले २-२ गोलको बराबरी खेलेका हुन् ।

मनाङका लागि रोशन राना मगरले ३३ औं तथा सइद आजमल डाभोल्टातेजनोले ४४ औं मिनेटमा गोल गरेका थिए ।

पुलिसका लागि अहमद हिजाजीले १६ औं र ७१ औं मिनेटमा गोल गरेका थिए ।

मनाङ १६ खेलबाट २० अंक सहित सातौं स्थानमा कायमै रहेको छ ।

पुलिस १६ खेलमा १६ अंक सहित तालिकाको पुछारमा कायमै रहेको छ ।

प्रतिक्रिया