Pura Samachar

आज पनि प्रि-बजेटका बारेमा छलफल हुने

प्रकाशित: May 9, 2023
पूरा समाचार

आज पनि प्रि-बजेटका बारेमा छलफल हुने

काठमाडौं। आज पनि प्रि-बजेटका बारेमा छलफल हुने भएको छ। आइतafर बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आज पनि प्रि बजेटका बारेमा छलफल हुन लागेको हो।

जसअनुसार बैशाख २५ देखि २८ गतेसम्म प्रि-बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिएका थिए।

उनका अनुसार प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भए अनुसार प्रि-बजेटमा निरन्तर छलफल जारी राखिएकाे हाे।

संबैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा राजनीतिक दलहरुले प्रि-बजेटका बारेमा छलफल सुरु गरेका छन्। गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो।

शुक्रबार र शनिवार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शिर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भइसकेको छ। उनीहरु यतिखेर सरकारका प्राथकिताका बारेमा छलफल गरिरहेका छन्।

प्रतिक्रिया