Pura Samachar

आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्गस आमने–सामने हुँदै

प्रकाशित: May 10, 2023
पूरा समाचार

आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्गस आमने–सामने हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणको ५५औं खेलमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्गस आमने–सामने हुँदैछन् । खेल चेन्नईको एमए चिदम्बरम (चेपोक) स्टेडियममा साँझ ७ः४५ बजेबाट शुरु हुनेछ ।

दिल्ली र चेन्नई जारी सिजनमा पहिलोपटक खेल्न लागेका हुन् ।

चेन्नई १३ अंकका साथ दोस्रो स्थानमा छ भने दिल्ली ८ अंकसहित अंक तालिकाको १० औं स्थानमा छ ।

यदि आजको खेलमा चेन्न्ईमाथि राम्रो रन रेटले जित निकाल्न सकेमा दिल्ली १० औं बाट सिधै चौथो स्थानमा पुग्न सक्नेछ । यता चेन्नईले आज दिल्लीविरुद्ध जित हात पारेमा आफू रहेको दोस्रो स्थानलाई थप मजबुत बनाउन सक्नेछ ।

चेन्नई सुपर किंग्स ११ खेलमा ६ जित र एक खेल निष्कर्षविहीन भएपछि १३ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ ।

टोलीले यो सिजन पहिलो पटक दिल्लीसँग खेल्नेछ । दिल्ली पछिल्लो ५ खेलमा ४ खेल जितेर उच्च मनोबलमा रहेको छ । आज पनि जित निकालेमा दिल्लीले आफ्नो प्ले–अफको सम्भावनालाई जिवित राख्नेछ ।

चेन्नईका डेभन कोनवे, मोइन अली, महिश टेकशाना र मथिश पाथिराना दिल्लीविरुद्ध टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् ।

दिल्ली क्यापिटल्स १० खेलमा ४ जित र ६ पराजयपछि ८ अंकसहित अंक तालिकाको अन्तिम स्थानमा छ । टोलीले ५ खेल हारेर लिग चरणको सुरुवात गरेपनि अन्तिम ५ खेलमा ४ खेलमा जित निकाल्दै उत्कृष्ट पुनरागमन गरेको छ । आज चेन्नई विरुद्धको खेलमा ठूलो अन्तरले जित निकाल्दै टोली १० देखि चौथो स्थानमा पुग्न सक्छ ।

चेन्नई विरुद्ध ४ विदेशी खेलाडी मिचेल मार्स, कप्तान डेभिड वार्नर, फिलिप साल्ट र एनरिच नोर्त्या हुन सक्छन् ।

आईपीएलमा दुवै टोलीको हेड टु हेड रेकर्ड हेर्दा यी दुईबीच अहिलेसम्म २७ खेल खेलिएका छन् । चेन्नईले १७ र दिल्लीले १० मा जित हात पारेको छ ।

तर, चेपोकमा दिल्लीको इतिहास खासै रोचक छैन । उसले अहिलेसम्म चेपोकमा खेलेको ८ खृलमा २ मा मात्र जित हासिल गर्न सकेको छ ।

प्रतिक्रिया