Pura Samachar

पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्न अदालतले अनुमति

प्रकाशित: May 10, 2023
पूरा समाचार

पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्न अदालतले अनुमति

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा आज पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले थप अनुसन्धानका लागि चार दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको हो ।

अदालत पुर्याउनु अगाडि खाँणसँग जिल्ला प्रहरी परिसर काठमाडौंमा ५ घण्टा लामो बयान लिएको थियो ।

पूर्वगृहमन्त्री खाँड बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया