Pura Samachar

सुनको मूल्य स्थिर

प्रकाशित: May 11, 2023
पूरा समाचार

सुनको मूल्य स्थिर

काठमाडौं- बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँ कायम छ। बुधबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो।

यो साता लगातार स्थिर रहेको चाँदीको मूल्य भने आज तोलामा १५ रूपैयाँले घटेर प्रतितोला एक हजार चार सय ३० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया