
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लिग चरणको ५६औँ खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सको सामना गर्दैछ । खेल बेलुका ७ः४५ बजेदेखि कोलकाताको इडेन गार्डेन स्टेडियममा हुनेछ ।
यस मैदानमा राजस्थानको टोलीले कोलकातासँग ९ खेल खेलेको छ । जसमध्ये कोलकाताले ६ जित हात पारेको छ भने राजस्थानले दुई खेल मात्र जितेको छ । एउटा खेल रद्द भएको थियो ।
कोलकाताले यो सिजन हालसम्म खेलेका ११ खेलमध्ये ५ जित र ६ खेल हारेको छ । टोलीको १० अंक छ ।
रहमानउल्लाह गुरबाज, आन्द्रे रसेल र सुनिल नारायण राजस्थानविरुद्ध ३ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक रिंकु सिंह, सुयश शर्मा र वरुण चक्रवर्ती जस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
राजस्थानले पनि यो सिजन हालसम्म खेलेका ११ खेलमध्ये ५ जित र ६ खेल नै हारेको छ । टोलीको १० अंक छ । राजस्थानले पछिल्ला तीन खेलमा हार बेहोरेको थियो ।
कोलकाताविरुद्ध टोलीका ३ विदेशी खेलाडी जोस बटलर, जो रुट र शिमरोन हेट्मायर हुन सक्छन् । यसबाहेक यशस्वी जैसवाल, युजवेन्द्र चहल र कुलदीप यादव जस्ता खेलाडी बलियो खेलिरहेका छन् ।
कोलकाता र राजस्थानबीचको समग्र हेड टु हेडको कुरा गर्दा दुवै टोली २७ पटक आमने–सामने गरेका छन् । जसमा कोलकाताले १४ पटक र राजस्थानले १२ पटक जितेको छ भने एक खेल रह भएको छ ।
दुबै टोलि आजको खेलमा जित निकाल्दै शिर्ष चारमा राख्दै प्ले–अफ पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ ।
प्रतिक्रिया