Pura Samachar

सर्लाहीको हरिपूर्वामा भारतीय युवकको मृत फेला

प्रकाशित: May 11, 2023
पूरा समाचार

सर्लाहीको हरिपूर्वामा भारतीय युवकको मृत फेला

सर्लाही — नेपाल–भारत सीमाको नजिक पर्ने सर्लाहीको हरिपूर्वामा भारतीय युवकको मृत फेला परेका छन् । उनको विभत्स हत्या भएको प्रहरीले जनाएको छ ।

हरिपूर्वा नगरपालिका–१ पथरा पुलस्थित मसला घारीमा भारत सितामढी, सोनवार्षा–९ का २८ वर्षीय शेखर सुमनको घाँटी छिनालिएको अवस्थामा टाउको र शरीर अलग भएको अवस्थामा मसलाघारीबाट शव फेला परेको प्रहरीले जनाएको छ । टाउको र शरीर २० मिटरको दुरीमा फेला परेको प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए । युवकको विभत्स हत्या भए पनि घटनास्थलबाट कुनै हतियार फेला पर्न सकेको छैन ।

युवकको हत्याले त्यस क्षेत्रका स्थानीय त्रासमा छन् । घटनाबारे गम्भीर अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले युवकको शव प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया